नियम २७
हकवाला वा कानूनी प्रतिनिधिबाट कर विवरण पेश गर्न लगाउन सकिने
दर्ता भएको व्यक्तिको मृत्यु हुन गएमा वा निज कर विवरण पेश गर्न शारीरिक वा मानसिक रूपमा असक्षम भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रूपमा असक्षम भएको अघिल्लो दिनसम्मको अवधिसम्म निजले वस्तु वा सेवाको आपूर्ति गरेको अवधि मानी कर अधिकृतले सो अवधिको कर विवरण निजको हकवाला वा कानूनी प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ ।